संसदको कठघरामा गृहमन्त्री विपक्षीको प्रश्नैप्रश्न नेकपाको बधाई !

संसदको कठघरामा गृहमन्त्री विपक्षीको प्रश्नैप्रश्न नेकपाको बधाई !
तस्विर सौजन्य : kathmandu post

२३ माघ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्त हत्याको हत्यारा बालुवाटार वा सिंहदरबार जहाँ रहे पनि कारवाहीको दायरामा ल्याएरै छाड्ने बताएका छन्। 

प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले निर्मला पन्तका हत्यारा सिंहदरबार र बालुवाटारमै लुकेका छन् रु भन्ने प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले भने, ‘‘अपराधमा संलग्न जोसुकै भएपनि छाडिन्न अनुसन्धान जारी छ, सरकार गम्भीर पनि छ, अनुसन्धानमा लापरवाही गर्ने प्रहरीहरुलाई कारवाही गरेका छौं ।’’ 

सांसद गगन थापाले रक्षामन्त्री ईश्वर पोखरेलले हत्यारा पत्ता लागिसके भनेर सार्वजनिक रुपमा दिएको अभिव्यक्तिबारे जवाफ माग गरे । गृहमन्त्री थापाले भने, ‘‘यसबारे मलाई जानकारी छैन , यदि उहाँले त्यसो भन्नुभएको रहेछ भने त्यो छिट्टै पत्ता लाग्छ भन्ने आशयले होला, रक्षामन्त्रीको विषय गृह मन्त्रालयको धारणा होइन ।’’

तर, सत्तारुढ सांसदले भने निर्मला पन्त हत्या प्रकरण मानवअधिकारवादी र मिडियाका लागि मागिखाने भाँडो र विपक्षीलाई राजनीतिक मुद्दा बनेको दाबी गरे ।