प्रचण्डलाई पौडेलको जवाफ- तपाइकाे र मेराे भेट सांसद भवनमा हुनेछ !

प्रचण्डलाई पौडेलको जवाफ- तपाइकाे र मेराे भेट सांसद भवनमा हुनेछ !

११ मंसिर, काठमाडौं ।

नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले बुधबार पोखराको चुनावी सभालाई सम्वोधन गर्ने क्रममा नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई ‘देवघाटतिर जानुपर्ने विचरा बूढा मान्छे’ भनेपछि खेमराजले ट्ववीट गर्दै अाफ्नाे भेट सांसद भवनमा हुने भन्दै जवाफ फर्काएका छन् । 

नेकपा अध्यक्षले देवघाट जाने उमेको बूढामान्छे भनेपछि त्यसको जवाफमा कांग्रेस उम्मदेवार पौडेलले टि्वट गरेका छन् । प्रचण्डलाई पौडेलको जवाफ छ, ‘आदरणीय नेकपाका अध्यक्ष प्रचण्डज्यू, देवघाट होइन, मंसिर १४ गतेपछि तपाईको र मेरो भेट संसद भवनमा हुन्छ । त्यसपछि देवघाट जान परे सँगै जाउँला । जय नेपाल ।’

 

बुधबार पोखराको चुनावी सभामा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो प्रधानमन्त्रीलाई कहिलेकाहिँ विदा लिनुपर्छ भन्नेहरुले विचरा ७७ वर्षको बूढालाई, जो अब देवघाटतिर जानुपर्ने मान्छेलाई त्यहाँ गएर ध्यान र ज्ञान सिक्नुपर्ने मान्छेलाई (चुनावमा) अघि सार्ने अनि ६५ वर्षको जवानलाई रेस्ट गर्ने भन्न मिल्छ त ? यो काहिँ कतैबाट मिल्ने कुरा होइन ।’