शिवमाया तुम्बाहाङ्फे नेकपा केन्द्रीय सदस्य मनोनित

शिवमाया तुम्बाहाङ्फे नेकपा केन्द्रीय सदस्य मनोनित

१५ माघ, काठमाडौं । 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सांसद शिवमाया तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको गरेको छ । मंगलबार बसेको नेकपा सचिवालयको बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

निवर्तमान उपसभामुख रहेकी तुम्बाहाङफेले गत गत माघ ६ गते राजीनामा दिएकी थिइन् । तुम्बाहाङफे केन्द्रीय सदस्यमा मनोनित भएसँगै उनलाई आजबाट सुरु भएको केन्द्रीय समिति बैठकमा सहभागी हुने बाटो खुलेको छ ।

तुम्बाहाङ्फेले तत्कालीन एमालेको केन्द्रीय सदस्य थिइन् ।  उपसभामुख बनेपछि दलीय आबद्धता त्याग्नुपर्ने संवैधानिक प्रावधानअनुरूप उनले पार्टीको सदस्यता त्यागेकी थिइन् ।

गत असोजमा सभामुख रिक्त भएपछि त्यसको पूर्तिका लागि उनले नेकपाकै आग्रह अनुसार पदबाट राजीनामा गरेकी थिइन् । पार्टी आग्रहअनुसार राजीनामा गरेकी तुम्बाहाङ्फेले पुनः सक्रिय राजनीतिमा आउने इच्छा व्यक्त गरेपछि नेकपाले उनलाई केन्द्रीय  सदस्यमा मनोनित गरेको हो  ।