सरिता गिरीलाई सांसद्‍बाट निष्काशन गर्न अध्ययन कार्यदलको सिफारिस

सरिता गिरीलाई सांसद्‍बाट निष्काशन गर्न अध्ययन कार्यदलको सिफारिस

२३ असार, काठमाडौं । 
समाजवादी पार्टीको प्रतिनिधिसभा सांसद् सरिता गिरीलाई कारबाही गर्न अध्ययन कार्यदलले सिफारिस गरेको छ।

सरकारले कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि निसान छापमा भएको नक्सा संशोधन गर्न संसद्‍मा दर्ता गराएको विधेयकमा संशोधनसम्बन्धी विधेयकविरुद्ध गिरीले प्रस्ताव दर्ता गराएपछि समाजवादी पार्टीेले  सो प्रस्ताव फिर्ता लिन आग्रह गरेको थियो। तर गिरीले दलको ह्वीप उल्लंघन गरी  प्रस्ताव फिर्ता नलिएपछि समाजवादी पार्टीले कारबाही गर्ने निर्णय गरेको थियो।

गिरीको विषयमा छानबिन गर्न समाजवादी पार्टीले महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य कार्यदल बनाएको थियो। 

कार्यदलको सिफारिसबारे निर्णय गर्न मंगलबार समाजवादी पार्टी पदाधिकारीको बैठक संसदीय दलको बैठक सिंहदरबारमा बस्ने भएको छ।