बि.पि. स्मृति दिवसमा बाल आश्रमलाई तरुण दलको सहयोग

बि.पि. स्मृति दिवसमा बाल आश्रमलाई तरुण दलको  सहयोग

काठमाडौं, ७ साउन । 
नेपालको राजनीतिका शिखर पुरुष  बि।पि। कोइरालाको ३८सौं स्मृतिदिवसको अबसरमा नेपाल तरुण दल केन्द्रिय समितिले बाल आश्रममा सहयोग गरि मनाएको छ ।

नेपाल तरुण दल केन्द्रिय समितिले रवि भवनमा अवस्थित 'बाल संरक्षण अभियान नेपाल' नामक बाल आश्रममा फलफुल, मास्क, स्यानीटाईजर, साबुन वितरण गरी  कोइरालाको ३८सौं स्मृतिदिवस मनाएको हो। 

कार्यक्रममा नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जित जंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, कोषाध्यक्ष विद्वान गुरुङ लगायतको उपस्थिति रहेको थियो । 

त्यसै गरी कार्यक्रममा सहयोग पुर्याईदिने नेपाली काँग्रेस महालक्ष्मी न.पा. वडा नं १, २, ३ र ४ समन्वय समिति परिवार लाई नेपाल तरुण दल केन्द्रिय समितिले धन्यवाद समेत दिएको छ ।

देशभर नेपाल तरुण दल, नेपाली कांग्रेस र ने. वि. संघले  विभिन्न कार्यक्रम गरी ३८ औ वी.पी. स्मृति दिवस मनाएका छन्  ।