वामदेवको प्रस्ताव :ओली प्रधानमन्त्रीमा यथावत प्रचण्डलाई कार्यकारी अध्यक्ष

वामदेवको प्रस्ताव :ओली प्रधानमन्त्रीमा यथावत प्रचण्डलाई कार्यकारी अध्यक्ष

१३ साउन, काठमाडौं । 
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीको विग्रह तत्कालका लागि रोक्न भन्दै सहमतिका लागि ६ बुँदे प्रस्ताव पेस गरेका छन् ।

गौतमले प्रधानमन्त्री ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यो कार्यकालको बाकी  अवधिभरि केपी शर्मा ओली नै प्रधानमन्त्री रहने  गरी सहमतिको प्रस्ताव पेश गरेका छन् छ ।

यता नेकपाको अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारी दिने प्रस्ताव  गरेका  छन् । 

पार्टीको एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने प्रस्ताव पनि उपाध्यक्ष वामदेवले अघि सारेका छन् । 

प्रस्तावमा प्रधानमन्त्री ओलीका दैनन्दिनका कामहरुमा पार्टीले हस्तक्षेप नगर्ने तर राष्ट्रिय अन्तर्राष्ट्रिय महत्त्वका विषयमा निर्णय गर्नुअघि पार्टीको सचिवालयमा छलफल गर्नुपर्ने उल्लेख छ । 

पार्टी केन्द्रिय सचिवालयको सुझाव र परामर्शमा मन्त्रिपरिषद्को पुनर्गठन र राजनीतिक तथा संवैधानिक नियुक्ति गर्ने । संसदमा नीति तथा कार्यक्रम र बजेट ल्याउनुअघि पार्टी सचिवालयमा परामर्श लिनुपर्ने पनि उनको प्रस्ताव छ ।

त्यसैगरि आउदा दिनमा पार्टीका बैठकहरु पार्टी कार्यालयहरुमा गर्ने प्रस्ताव अघि सारेका छन् ।