ओली-दाहाल वार्तामा आज पनि जुटेन सहमति
१९ साउन, काठमाडौं ।
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद मिलाउन दुई अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच आज भएको वार्ता पनि निष्कर्षविहिन भएको छ ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकमा दुबै अध्यक्षले आफ्नो अडान नछोडपछि करिव २ घण्टाको वार्ता विना निष्कर्ष सकिएको जनाइएको छ ।
आइतबारको बैठक केहि सकरात्मक देखिएपनि सोमबारको बैठमा कुनै सहमति नजुटेको स्रोतले बताएको छ ।
वरिष्ठ नेता झलनाथ खनाल र नेता सुवास नेम्वाङ पनि सहभागी भएको बैठकमा जनैपूर्णिमाको शुभकामना आदान प्रदान गरी वार्ता प्रारम्भ भएको स्रोतले जानकारी दियो ।
वार्तामा प्रचण्डले ओलीलाई नेताहरूको व्यवस्थापनका लागि एंव सरकार पार्टीको काम प्रभावकारी बनाउन निकास दिन गरेको आग्रहमा ओलीले महाधिवेशनअघि सरकार र पार्टीको नेतृत्व नछाड्ने आफ्नो पूरानै अडान दोहोर्याएको स्रोतले जनाएको छ ।
वार्ता निचोडमा नपुगेपछि भोलि फेरि वार्तामा बस्ने समझदारीपछि प्रचण्ड बालुवाटारबाट बाहिरिएका थिए ।
साउन १३ को स्थायी कमिटी बैठक ओलीले एकपक्षीय रूपमा स्थगित गरेपछि संवादहिनको अवस्थामा पुगेका ओली र दाहालबीच आइतबार पनि झण्डै तीन घण्टा वार्ता भएको थियो ।
Facebook Comments