नेकपा सचिवालय बैठक ५ दिन सर्‍यो

नेकपा सचिवालय बैठक ५ दिन सर्‍यो

काठमाडौं, १३ भाद्र । 
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का सचिवालय बैठक ५ दिनका लागि सरेको छ। 

भदौ १३ गते शनिबार बस्ने भनिएको नेकपा सचिवालय बैठक ५ दिन सारेर १८ गते बस्ने जनाइएको छ।

नेकपा विवाद समाधान समितिले दुवै अध्यक्षलाई प्रतिवेदन बुझाएपछि सचिवालय बैठक बसेको छैन। 

यसअघि नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल  दाहाल प्रचण्डबीचको भेटवार्ताले १३ गते सचिवालय बैठक बस्ने सहमति गरेको थियो। 

गत भदौ १ गते सचिवालय बैठक बसेको थियो। सो बैठकले कार्यदललाई अनुमोदन गरेको थियो। कार्यदलले गत शनिबार नै आफ्नो प्रतिवेदन बुझाइ सकेको छ। ‍