प्रधानमन्त्रीको भारतिय गुप्तचरसंगको भेटघाटमाथी अनुसन्धान गर्नुपर्छ : गगन थापा

प्रधानमन्त्रीको भारतिय गुप्तचरसंगको भेटघाटमाथी अनुसन्धान गर्नुपर्छ : गगन थापा

काठमाडौं, ७ कार्तिक । 
प्रतिपक्षी दल नृपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्रीले भारतीय गुप्तचर संस्थाका प्रमुखलाई भेट्नु कूटनीतिक मर्यादाको उलंघन र सामान्य त्रुटी मात्रै नभएर राष्ट्रिय सुरक्षामा नै चुनौती देखाएको बताएका छन् ।

प्रधानमन्त्री ओली र 'रअ' प्रमुख गोयलबीचको भेटबारे शुक्रबार एक विज्ञप्ति जारी गर्दै पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले भनेका छन्, "परराष्ट्र मन्त्रालय  र नेपालको सुरक्षा निकायको   अनुपस्थितिमा प्रधानमन्त्रीले विदेशी गुप्तचरलाई भेट्नु कुटनीतिक मर्यादा मात्र नभएर राष्ट्रिय सुरक्षाको विषय हो ।  प्रधानमन्त्री यस्तो गैर राजनीतिक र विशुद्द गुप्तचरसँग भएको शिष्टचार भेटमाथी अनुसन्धान हुनुपर्छ ।"  

'भारतीय गुप्तरचरसँगको कुनै पनि प्रकारको छलफलले नेपाल(भारत सम्बन्धको यथास्थितिको समस्या समाधान गर्ने सामर्थ्य राख्दैन । हाम्रो कुटनीतिमा हेक्का राख्नु पर्ने छलफल गर्नुपर्छ भन्नेमात्र होइन, कोसँग कसरी छलफल गर्ने भन्ने पनि ह', उनले भनेका छन्, 'सबै राजनीतिक तथा कूटनीतिक मर्यादालाई नाघेर अँध्यारो कोठामा गुप्तचरसँगको भेटघाटबाट नेपाल-भारत सम्बन्धमा निकास निस्कन्छ भन्ने तर्क गर्नु मुर्खता हो ।'