मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसदको बजेट अधिवेशन अन्त्य

मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसदको बजेट अधिवेशन अन्त्य

१८ असार काठमाडौं । 
मन्त्रिपरिषद् बैठकले संसद्को बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन अन्त्यको लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार अपराह्न ५ बजेदेखि अधिवेशन अन्त्य गरेकी छन् । 

मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्तासमेत गरेका थिए ।

वैशाख २६ गते शुरु भएको संसदको बजेट अधिवेशन सर्वाधिक चर्चामा रहेको एमसीसी सम्झौताबारे कुनै पनि निर्णय नगरी अन्त्य भएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा संसद अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था संविधानमा छ ।