ओलीमाथि आधारहीन आरोपहरुसहितको पत्र ल्याउनु नै पार्टी विभाजनको कारण : महासचिव पौडेल

ओलीमाथि आधारहीन आरोपहरुसहितको पत्र ल्याउनु नै पार्टी विभाजनको कारण : महासचिव पौडेल
file photo

८ पुस, काठमाडौं । 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री ओलीमाथि ‘आधारहीन आरोपहरुसहितको पत्र ल्याउनु नै’ पार्टी विभाजनको कारण भएको बताएका छन् ।  

नेकपा लुम्बिनी प्रदेशस्तरीय भेलालाई आज सम्बोधन गर्दै महासचिव पौडेलले प्रतिनिसभा पुनःस्थापना हुनै नसक्ने भन्दै नेताकार्यकर्तालाई चुनावको तयारीमा जुट्न निर्देशन समेत दिएका हुन् । 

पौडेलले नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीमाथि ‘आधारहीन आरोपहरुसहितको पत्र ल्याउनु नै’ पार्टी विभाजनको कारण भएको तर्क गरेका छन् । 

हाँले पार्टी एकता नहुँदैदेखि दाहालले सहमति भङ्ग गरेको आरोप लगाउँदै प्रधानमन्त्रीले अनेक विकल्प अघि सार्दा पनि सहमति कायम गर्न नसकिएको बताए ।   

“प्रधानमन्त्री ओलीले महाधिवेशन वा विशेष महाधिवेशनबाट भए पनि नेतृत्व हस्तान्तरण गर्छु भन्नुभयो”, पौडेलले भने, “तर उहाँहरु महाधिवेशन र विशेष महाधिवेशन दुवैमा तयार हुनु भएन ।” उनले सचिवालयका ७७  बैठक बस्दा पनि पार्टीलाई सही दिशामा लैजान नसकिएको जनाउँदै सचिवालयमा आफूअनुकूल निर्णय गर्न खोज्दा सधैँजसो समस्या देखिने गरेको बताए ।      

सो अवसरमा पार्टी स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले सरकारले थुप्रै राम्रा काम गरे पनि नेकपाकै नेताहरुले विरोध गरेर कमजोर बनाउने प्रयास गरेको आरोप पनि लगाए ।