प्रचण्डसँगको सम्झौताले मेरो एउटा ब्रिफकेश भरिएको छ: प्रधानमन्त्री ओली

प्रचण्डसँगको सम्झौताले मेरो एउटा ब्रिफकेश भरिएको छ: प्रधानमन्त्री ओली

काठमाडौं, १६ पुस । 
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको सम्झौताले आफ्नो एउटा ब्रिफकेश नै भरिएको बताएका छन्।

ओली पक्षको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्डको ध्यान सत्ता कब्जा गर्नेमा मात्रै केन्द्रित रहेको ओरोप लगाएका छन् । दाहालसँग थुप्रै सम्झौता गरिसकेकाले अब कति सम्झौता गर्ने भन्दै प्रश्न समेत गरेका छन् ।

‘पार्टीको कार्यकारी अध्यक्षको प्रस्ताव पनि उहाँले नै सचिवालयमा राख्नुभयो । मैले हुन्छ भनिदिए ,’ ओलीले भने, ‘भोलिपल्ट मैले गल्ती गरेँ कि क्या हो कमरेड भनेर मलाई भन्नुभयो ।’

ओलीले  मित्रताको अंगालो हाले पनि प्रचण्डले धृतराष्ट्रको जस्तो अंगालो हालेको आरोप लगाएका छन् ।