विप्लव नेतृत्व नेकपाका धर्मेन्द्र बास्तोलासहित ४ जना ललितपुरबाट पक्राउ

विप्लव नेतृत्व नेकपाका धर्मेन्द्र बास्तोलासहित ४ जना ललितपुरबाट पक्राउ
तस्विर सौजन्य : रिपब्लिका

ललितपुर, २९ पुस ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आज बागमती गाउँपालिबाट बास्तोलासहित प्रकाश शाह, बिबेक कुमाल र बिश्वाशलाई प्रहरीले गिरफ्तार गरेको गरेको स्रोतले जानकारी दिएको छ ।  बास्तोला पश्चिम कमाण्ड तथा विदेश विभाग इन्चार्ज समेत हुन् । नेकपा श्रोतलेपनि बास्तोला पक्राउ परेको पुष्टि गरेको छ ।

इन्यूजको जिज्ञासामा प्रहरीले भने अनविज्ञता जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता बसन्तबहादुर कुवरले आफूलाई यसबारे कुनै जानकारी आइनसकेको बताए । उनले संगठनमा कूनै जानकारी प्राप्त नभएको बताए ।

महानगरीय प्रहरी परिसर ललितपुरले पनि पक्राउबारे अनविज्ञता जनाएको छ ।