देशलाई पछाडि फर्काउने कुचेष्टा कसैले नगरे हुन्छ : प्रधानमन्त्री ‌‌‍ओली

देशलाई पछाडि फर्काउने कुचेष्टा कसैले नगरे हुन्छ : प्रधानमन्त्री ‌‌‍ओली

फागुन ७, काठमाडौं । प्रधानमन्त्री ‌‌‍केपी शर्मा ओलीले देश बिकासको लिकमा हिडिसमेकाले त्यसलाई पछाडी फर्काउने कुचेष्टा कसैले पनि नगर्न आग्रह गरेका छन् । 

मंगलबार राजधानीको  टुडिखेलमा आयोजित६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दशकौंदेखि देशको विकास र समृद्धिको अटुट सपनालाई यथार्थमा रुपान्तरण गर्न सबैलाई आ–आफ्नो स्थानबाट योगदान पुर्‍याउन आह्वान गरेका  छन् ।

'लोकतन्त्र प्राप्तीको ७ दशक लामो यात्रामा हामीले देशवासीको मात्रै हैन देश बाहिरका मित्रहरुको पनि नैतिक समर्थन प्राप्त गरेका थियौं, यसका लागि म हार्दिक आभार व्यक्त गर्न चाहन्छु', प्रधानमन्त्री ओलीले भने "देश बिकासको गतिमा दौडीसकेको छ देशलाई पछाडि फर्काउने कुचेष्टा कसैले नगरे हुन्छ ।"


समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रधानसेनापती मन्त्रीलगायत उच्चपदस्थ सरकारी अधिकारीको उपस्थिति थियो । सो अवसरमा नेपाली सेनाको हेलिकोप्टरबाट ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवस २०७५ अङ्कित ब्यानर प्रदर्शन, पुष्पवृष्टि गरिएको थियो । समारोहमा बेलुन र परेवासमेत उडाइएको थियो ।