केपी ओली निरङ्कुशताको प्रेत बनेर उकल्चिए: नेता भुसाल

केपी ओली निरङ्कुशताको प्रेत बनेर उकल्चिए: नेता भुसाल

बुटवल, १५ माघ ।
नेकपा प्रचण्ड–नेपाल समूहका नेता तथा पूर्व कृषिमन्त्री घनश्याम भुसालले प्रधानमन्त्री केपी ओली निरङ्कुशताको प्रेत बनेर उकल्चिएको आरोप लगाएका छन् ।

आज बुटवलमा प्रचण्ड–नेपाल समूहद्वारा आयोजित विरोधसभामा नेता भुसालले आफैले चुनेको पार्टीको अध्यक्ष र प्रधानमन्त्री नै चुनौती बनेर अगाडि आएको बताए । 'अध्ययक्ष ओलीले तिम्रो जीवन केहि होइन, स्वत्व्त्रता केहि होइन, लोकतन्त्र केहि होइन भनि केवल मै हो भनेर केपी अगाडी आउनुभयो । असम्वैधानिक तरिकाले आगाडी आउनुभयो र दुनियालाई लर्काउनुभयो ।' उनले भने ।  

'ओलीले कर्तुत लुकाउन यत्रो षडयन्त्र गर्नुभयो र मूलुकलाई बर्वादीतर्फ लाग्नुभयो,' उनले भने, 'तर ओलीको यो कदम हराइन्छ । सडकबाट, अदालबाट यो कदम हटाइन्छ ।'  

ओलीले काम गर्न नदिएको विषय उठाउदै नेता भुसालले भने, 'समाजवादको बाटोमा नहिडेपछि तानातान भएको हो ।'

पार्टीमा एकतीहाइ पनि ल्याउन नसक्ने भएपछि ओलीले संसद विगठन गरेको नेता भुसालले आरोप लगाए । पार्टीमा अल्पमतमा परेपछि संसद विगठन गरे उनले भने अहिले मदन भण्डारीको नाम जोडेर नाटक गरिदै छ ।

नेता भुसालले आफुहरुले फेरी अर्काे ओली नजन्मिने कुराको ग्यारेन्टी जनतालाई गराउनुपर्ने बताए ।