झाँक्रीलाई रिहाईको माग गर्दै माईतीघरमा विरोध

झाँक्रीलाई रिहाईको माग गर्दै माईतीघरमा विरोध

काठमाडौँ, २९ माघ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहकी विघटित प्रतिनिधिसभा सदस्य तथा पार्टीका केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई निःशर्त र अविलम्ब रिहाईको माग गर्दै माईतीघरमा विरोध कार्यक्रम गरिएको छ ।  

प्रहरी गिरफ्तरी गर्न झाँक्रीको घरमा पुग्दा पक्राउ नगर्न भन्दै आन्दोलन गरेका युवाहरुको ठूलो समूहले माईतीघरमा विशाल आन्दोलन गरेका हो ।

झाँक्रीले राज्यविरुद्धको अपराध गरेको जनाउँदै प्रहरीले आज अपराह्न उनको निवासबाटै गिरफ्तार गरेको थियो ।

यता, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि प्रेस विज्ञप्ति जारी गरी लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन नसक्ने जनाएका छन् ।  उनले राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसूर देख्नु स्वेच्छाचारिता भएको विज्ञप्तीमार्फत टिप्पणी गरेका छन् । 

झाँक्रीको गिरफ्तारीले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाएको प्रवक्ता श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।