प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ: सुर्य थापा

प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ: सुर्य थापा

काठमाडौं, ११ फागुन ।  
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको सामना गर्ने भएका छन् । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापका अनुसार प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्ने छन् । 

सामाजिक सञ्जालबाट जानकारी दिदै थापाले लेखेका छन्, "प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने छैन ।"

उनले सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद भएको बताएका छन् । यसबाट राजनीतिक समस्याहरूको कुनै हल नहुने  बरू अस्थिरता तथा सत्ताकोअझै बढ्ने भन्दै टिप्पणी गरेका छन् ।