ओलीले नेकपाका मुख्य सचेतकमा देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई नियुक्त गरे

ओलीले नेकपाका मुख्य सचेतकमा देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई नियुक्त गरे

काठमाडौं, १४ फागुन ।  

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संंसदीय दलको प्रतिनिधिसभातर्फका मुख्य सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरिएको छ । 

प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले खोटाङबाट निर्वाचित भट्टराईलाई आज प्रमुख सचेतकमा नियुक्त गरेका हुन्।   

प्रधानमन्त्री ओलीले नेकपा सङ्घीय संसदीय दलको विधान, २०७५ को दफा १३ बमोजिम उनलाई मुख्य सचेतकमा नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

यसअघि संसदीय दलका मुख्य सचेतकमा देवप्रसाद गुरुङ रहनुभएको थियो ।