नख्खु विस्फोटमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग

नख्खु विस्फोटमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग

फागुन १४, काठमाडौं । प्रतिनिधि सभाका सांसदहरूले ललितपुरको नख्खुस्थित एनसेल प्रालि कार्यालयको गेटमा बम विष्फोटमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद यशोदा गुरुङ सुवेदीले सो बम विष्फोटको घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेकी हुन्।

उनले बम विष्फोटमा परी मृत्यु भएका सिंहप्रसाद गुरुङको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था र घाइते प्रतिक्षा खड्का र अनुषा डंगोलको उपचारको उचित व्यवस्था मिलाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइन्।

गत फागुन १० गते शुक्रबार राति एनसेल प्रालिको गेटमा बम विष्फोटमा परी गुरुङको ज्यान गएको थियो भने खड्का र डंगोल घाइते भएका थिए।