सरकार ढलाउने सपना नदेखे हुन्छ: ऊर्जामन्त्री रायमाझी

सरकार ढलाउने सपना नदेखे हुन्छ: ऊर्जामन्त्री रायमाझी

अर्घाखाँची, ३१ चैत । 
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले वर्तमान सरकार कसैले ढलाउन नसक्ने बताएका छन् । 

प्रेस चौतारी नेपालले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा मन्त्री रायमाझीले वर्तमान अवस्थामा निर्वाचनमा जानुको विकल्प नभएको बताए । 

उनले सरकार ढलाउन नसक्ने देखेपछि नेकपा माओवादीले समेत समर्थन फिर्ता नलिएको आरोप लगाए। माओवादीले समर्थन फिर्ता नलिनुले अन्य दलसँग सरकार बनाउने अवस्था नभएको दावी गरे। 

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर निर्वाचनको मिति तोकेको विषय निरकुङ्शतावादी हो या लोकतन्त्रवादी हो भनेर समयले बताउने उनले तर्क गरे । देशलाई निकास दिने पार्टी एमाले र नेता केपी ओलीमात्र भएको मन्त्री रायमाझीले दावी गरे।