ओली र नेपालबीचको दोस्रो भेटवार्ता पनि निष्कर्षविहीन

ओली र नेपालबीचको दोस्रो भेटवार्ता पनि निष्कर्षविहीन

काठमाडौं, ९ वैशाख ।

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको दोस्रो भेटवार्ता पनि निष्कर्षविहीन भएको छ । 

काठमाडौंको नागपोखरीस्थितको मेरियट होटलमा भएको दोस्रो भेटवार्ता सकारात्मक भएको तर कूनै ठोस निर्णयमा नपुगेको प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार मोतिलाल दुगडले जानकारी दिए ।

यसअघि पुस ५ गते प्रतिनिधिसभा विघटनपछि पार्टी अध्यक्ष ओली र नेता नेपालबीचको सम्बन्ध चिसिएको अवस्थामा हिजोसाँझ ओली र नेपालबीचमा  भेटवार्ता भएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७२ वर्ष पूरा हुने पूर्वसन्ध्यामा हिजो भएको ओली र नेपालबीचको भेटले सत्तारुढ नेकपा एमालेभित्र सकारात्मक तरङ्ग पैदा गरेको थियो । 

आज पनि पाँचतारे मेरियट होटलमा ओली र नेपालबीचमा भेटवार्ता सँगसँगै पुनः निर्माणको अन्तिम चरणमा पुगेको धरहराको संयुक्त रुपमा अवलोकन भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।