लुम्बिनीका प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

लुम्बिनीका प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

बुटवल, १९ वैशाख। 
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । 

उनले प्रदेशमा नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न भन्दै प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पेश गरेका हुन् ।

पोखरेलले आइतबार बिहान लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष राजीनामा पेश गरेको प्रदेश प्रमुख कार्यालय स्रोतले जानकारी दियो।

यसअघि मुख्यमन्त्री पोखरेलविरूद्धअविश्वासको प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता भएपछि  पोखरेलले आफूविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने जनता समाजवादी पार्टीका ४ जना सांसदलाई मन्त्री बनाएका थिए। त्यसको लगत्तै जसपाका चार सांसद कारबाहीमा परे । 

दाङ २ (क) बाट चुनाव जितेका पोखरेल २०७४ फागुन ३ गते मुख्यमन्त्री बनेका थिए। 

लुम्बिनी प्रदेशमा एमालेका ४१, नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १८, जसपाका २ र राजमोका १ सांसद छन् ।