देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओली

देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओली

काठमाडौं, २० वैशाख । 
प्रधानमन्त्री केपी शर्मा ओ‌लीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारी अनुसार ओलीले आज दिउँसो साढे ३ बजे देशवासीका नाममा  सम्बोधन गर्दै छन् ।  

समसामयिक विषय र कोभिड-१९ को सन्दर्भमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेको थापाले जानकारी दिए। 

प्रधानमन्त्री ओलीको सम्बोधन नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाइएको छ ।