पूर्वमन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि

पूर्वमन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि
तस्विर सौजन्य : ratopati

फागुन १९,काठमाडौं । पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको आज राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

नेता अधिकारीको पार्थिव शरीरलाई अन्त्येष्टिअघि  नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा अन्तिम श्रद्धाञ्जली दिइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष प्रचण्डले पार्टीको झण्डा ओढाएर नेता अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

अन्त्येष्टिअघि आर्यघाटमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले राष्ट्रिय झण्डा ओढाएका थिए । पूर्वमन्त्री अधिकारीलाई उनका तीन छोरीले दागबत्ति दिए ।