प्रचण्डसँग तुलना गर्दै प्रधानमन्त्रीले भने सिके राउत असाधारण क्षमता भएको व्यक्ति हो

प्रचण्डसँग तुलना गर्दै प्रधानमन्त्रीले भने सिके राउत असाधारण क्षमता भएको व्यक्ति हो

फागुन २४, काठमाडौं ।  

राउतले नेतृत्व गरेको स्वतन्त्र मधेश गठबन्धन र सरकारबीच शुक्रबार राजधानीमा भएको ऐतिहासिक सहमति पछि कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सिके राउत असाधारण क्षमता भएको बताएका छन् । 

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालस‌ँग राउतको तुलना गर्दै प्रधामन्त्री ओलीले भने,‘राउतमा निर्णय क्षमता देखे। त्यस्तो निर्णय क्षमता पुष्पकमल दाहालमा मात्रै देखेको थिएँ, संसद, सरकार, चुनावमा सहभागिता, पार्टी एकता गर्ने कुरामा जो सुकैले यस्तो सक्दैन निर्णय क्षमताले हुन्छ। मैले सिके राउतजीमा पनि यस्तो छाँटकाँट देखेको छु।’

उनले राउतको पृथक धारको राजनीति गर्दै आए पनि राष्ट्रिय एकता र सम्बद्धिको पक्षमा गरेको निर्णय महत्वपूर्ण भएको बताए। ‘यो साधारण निर्णय होइन, म बधाई भन्न चाहन्छु,’ प्रधानमन्त्रीले भने,‘उहाँ एउटा इञ्जिनियर, कता–कता बाटो बिराएकोमा आफूलाई पनि डर लागेको थियो। तर, आज सही निर्णय गर्नुभयो। उहाँ ‘टेक्नोक्र्याटमात्रै होइन टिचर पनि हो।’