जनतालाई झुक्याएर चुनाव जित्दैमा मधेशमा फुर्ती नदेखाए हुन्छ : प्रम ओली

जनतालाई झुक्याएर चुनाव जित्दैमा मधेशमा फुर्ती नदेखाए हुन्छ : प्रम ओली
तस्विर सौजन्य : रिपब्लिका

फागुन २५, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले  तराई मधेशका जनतालाई झुक्याएर एक पटक चुनाव जित्दैमा मधेशमा बढी फुर्ती नदेखाउन राजपा नेपाललाई आग्रह गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ द्धारा रौतहटको गरुडामा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय जनता पार्टीलाई सरकारविरुद्ध नलाग्न चेतावनी दिदै भने  ‘जनतालाई झुक्याएर एक पटक भोट पाउँदैमा कसैले पनि आफूलाई सर्वेसर्वा नठाने हुन्छ।' 

कार्यक्रममा उनले मधेश र मधेशीको लागि राजतन्त्रविरुद्ध कम्युुनिष्ट पार्टीमा रहेर आफू ४६ बर्ष अगाडी इनरवारीमा सेल्टर बनाएर बसेको र केही महिनाको बसाईपछि प्रहरीले पक्राउ गरेर  लामोसमय कारागार जीवन व्यतित गरेको कार्यक्रममा स्पष्ट पारेका थिए । 

मधेशीको अधिकारका लागि सिंगो कम्युनिष्ट पार्टी लागिरहेको अवस्थामा केही दलले कम्युनिष्ट मधेश विरोधी रहेको भ्रम फैलाएकाले त्यस्ता झुुठा भ्रममा नपर्न प्रधानमन्त्री ओलीले प्रदेशवासीलाई आग्रह समेत गरे ।

पछिल्लो केही बर्षदेखि देशमा अलगावबादी नेताका रुपमा रहेका सिके राउतलाई राजनीतिको मुलधारमा ल्याई सच्चा कम्युनिष्ट देशभक्त रहेको प्रमाण दिइसकेको कार्यक्रममा उनले धारणा राखेका थिए ।