स्वार्थी तत्वहरुले जनतामा भ्रम फैलाउन थाले : प्रधानमन्त्री ओली

स्वार्थी तत्वहरुले जनतामा भ्रम फैलाउन थाले : प्रधानमन्त्री ओली
तस्विर सौजन्य : Hamro Kalam

२८ माघ, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही स्वार्थी तत्वले जनतामा निराशा र भ्रम फैलाउन थालेको बताएका छन् ।

गृह मन्त्रालयमा सोमबार आयोजित प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले मुलुकलाई अन्धरकार युगमा राखिरहने प्रयास अझै पनि भइरहेको भन्दै त्यस्ता प्रवृत्तिविरुद्ध लड्नुपर्ने बताए ।  जनताको अपेक्षा अनुसार काम गर्ने आधार तय भइरहेका बेला उनीहरुलाई निरास बनाउने अनुचित र अनुपयुक्त प्रयास भइरहेको भन्दै त्यसप्रति सचेत रहन आग्रह गरे ।

प्रधानमन्त्री ओलीले केही दिनअघि अरुण तेस्रो जलविद्युत आयोजनाको मेसिन जलाउने लगायतका गतिविधि भएको उल्लेख गर्दै चैत्र दोस्रो साता आयोजना हुन गइरहेको ‘नेपाल लगानी सम्मेलन’ समेत भाड्न केही तत्व सक्रिय भइरहेको दावी गरे ।