देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन : बिकासको आधार तय भयो अव उपलब्धी

देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन : बिकासको आधार तय भयो अव उपलब्धी
तस्विर सौजन्य : rato pati

फागुन २, काठमाडौं । देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको पहिलो वर्ष बिकासको आधार तय गर्नमै बढि समय खर्च भएको र अब उपलब्धी हासिल गर्नेगरी काम हुने बताएका छन् । 
 
प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित ग्यालरी बैठकबाट देशबासीका नाममा सम्बोधन गर्दै भने , ‘आज गरिने काम भविश्यका लागि आधार हो र, राजनीतिक स्थीरतालाई मैले समृद्धि तर्फको यात्राका लागि एउटा आधार मानेको छु ।’

आफूले नेतृत्व सम्हालेको एक वर्ष भएको अवसरमा नागरिकका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश समृद्धिको लिकमा हिँडिसकेको बताउदै सरकारले एक वर्षमा गरेका काम र प्रगती विवरण सुनाएका छन् ।  

उनले लगानी प्रवर्द्धनका लागि उपयुक्त वातावरण बनेको, ऊर्जा उत्पादन तथा प्रसारणका लागि ठूला परियोजनाहरू निर्माण गरिएको, उद्योग स्थापनाका लागि आधार तयार भएको तथा सडक निर्माण लगायतमा उल्लेख्य प्रगती हासिल भएको दाबी गरे।