मठमन्दिर खोल्न माग गर्दै पशुपति क्षेत्रमा प्रदर्शन

मठमन्दिर खोल्न माग गर्दै पशुपति क्षेत्रमा प्रदर्शन

१ असोज, काठमाडौं । 
हिन्दु धर्मावलम्बीहरूको प्रमुख आस्थाको केन्द्र मानिएको पशुपतिनाथको मन्दिर लगायत देशभरका मन्दिरहरू खोल्न माग गर्दै पशुपति क्षेत्रमा प्रदर्शन गरिएको छ ।

साढे पाँच महिनाभन्दा बढी समयदेखी बन्द रहेका मठमन्दिर खोल्न माग गर्दै बिहीबार पशुपति क्षेत्रमा शिवसेना नेपालमा आवद्द ब्याक्तिहरु तथा हिन्दु धर्मका सर्मथकले प्रदर्शन गरेका हुन् ।

उनीहरुले स्वास्थ्य मापदण्ड पालना गरेर मन्दिर खोल्न माग राखेर प्रदशन गर्दा प्रहरीले भिड नियन्त्रमा लिने क्रममा धकेलाधकेलको अवस्था सृजना भएको थियो।

देशैभरका जिल्ला प्रशासन कार्यालयले मठमन्दिर खोल्न अनुमति दिएका छैनन् ।