नेप्सेमा उछाल, ६५ अङ्कको वृद्धि

नेप्सेमा उछाल, ६५ अङ्कको वृद्धि

काठमाडौं, १० मंसिर ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा उछाल आएको छ । पछिल्ला दिनमा नेप्से एकै दिन झण्डै ६५ विन्दुले उकालो लागेर नयाँ उचाइ कायम गरेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ६४.७० विन्दुले उकालो लागेर १ हजार ८ सय ४७.८१ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १२.९६ विन्दुले उकालो लागेर ३ सय ६२.३३ मा पुगेको छ । 

शेयर बजार २०७३ साउन १२ गते बुधबारकै हाराहारीमा पुगेको छ । सो दिन नेप्सेले एक हजार ८८१.४५ विन्दु कायम गरेको थियो । उक्त विन्दुमा पुग्नका लागि आज मात्रै सात अङ्क कम रहेको छ ।

नेप्सेमा उभार आउँदा कारोबार रकमसमेत रु पाँच अर्बमाथि पुगेको छ । कूल १९६ कम्पनीको एक करोड ४७ लाख ८९ हजार ३०३ कित्ता शेयर रु पाँच अर्ब १३ करोड १८ लाख ८६ हजार ४८८ मूल्यमा खरिद बिक्री भए । स्टकका अनुसार, कारोबार भएका कूल १२ उपसमूहमध्ये आज होटल उपसमूहको मात्रै शेयर ओरालो लागेको छ । होटल उपसमूह १।०२ विन्दुले ओरालो लाग्दा बैंकिङ ४०.४, व्यापार १७९.९९, विकास बैंक २९.१८, जलविद्युत् २४.७८, वित्त १५.२८, निर्जीवन बीमा ३१६.६९, उत्पादन ३००।३३, अन्य ९५.२१, लघुवित्त १०६।८६,  जीवन बीमा १९०.४३ र सामूहिक लगानी कोष ०.१५ विन्दुले उकालो लागेको छ ।

कारोबारका आधारमा आज नेको इन्सुरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ४२ करोड २९ लाख ९८ हजार ५२६ बराबरको कारोबार भयो ।