हुम्लामा लगातार हिमपात हुदा जनजीवन कष्टकर, रेडियो प्रसारण बन्द

हुम्लामा लगातार हिमपात हुदा जनजीवन कष्टकर, रेडियो प्रसारण बन्द
तस्विर सौजन्य : the kathmandu post

२५ माघ, काठमाडौं । पश्चिमी वायु सक्रिय हुदा लगातार परेको हिमपातले हुम्लाको जनजीवन कष्टकर बनेको छ । 

हुम्लाको सदरमुकाम सिमकोटको तापक्रम माइनस ६ डिग्रि सेल्सियसमा झरेको छ । हिमपातले हवाई सेवा बन्द भएको  छ भने रेडियो प्रसारण बन्द भएका छ ।

हिमपातसँगै सदरमुकाम सिमकोटमा सञ्चालित रेडियोहरुले प्रसारण बन्द गरेको छ । हिमपातले विद्युत् सेवा अवरुद्ध बनेपछि सदरमुकाम सिमकोटमा सञ्चालित रेडियोहरुले प्रसारण  रेडियोको  हो ।

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाको यातायातको एकमात्रै विकल्प रहेको हवाई सेवा बुुधबारदेखि बन्द भएको छ । लगातारको हिमपातका कारण हवाई सेवा ठप्प भएपछि जिल्ला बाहिर जाने र जिल्ला भित्रिने यात्रुहरुलाई समस्या भएको छ । 

एकसाता अघि विमानस्थलमा जमेको हिउँ सुरक्षाकर्मी, जनप्रतिनिधि, स्थानीय व्यापारीहरु मिलेर हिँउ पन्छाएपछि पुन बुधबारदेखि परेको हिमपातले सदरमुकाम सिमकोट विमानस्थल ढाकेको छ । हवाई सेवा अवरुद्ध भएपछि नेपालगञ्ज र सुर्खेतदेखि उडान हुने हवाई सेवा समेत प्रभावित बनेका छन् ।