महाशिवरात्री, पशुपतिमा जे देखियो

महाशिवरात्री, पशुपतिमा जे देखियो
शिवरात्रीको अवसरमा पशुपतीमा देखीएको दर्शनार्थीको घुँईचो । तस्बीर अर्जुन
महाशिवरात्री, पशुपतिमा जे देखियो
महाशिवरात्री, पशुपतिमा जे देखियो
महाशिवरात्री, पशुपतिमा जे देखियो
महाशिवरात्री, पशुपतिमा जे देखियो
महाशिवरात्री, पशुपतिमा जे देखियो
महाशिवरात्री, पशुपतिमा जे देखियो
महाशिवरात्री, पशुपतिमा जे देखियो
महाशिवरात्री, पशुपतिमा जे देखियो

फागुन २०, काठमाडौं । 
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आज सोमबार देशभरीमा शिवमन्दिरमा पुजाँआजा गरेर धुमधामका साथ मनाइँएको  छ । 

आज दिनभर शिवरात्रि पर्वको मेला हेर्न देशका विभिन्न भागका साथै छिमेकी देश भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो नै लाग्यो । बिगतका तुलनामा यसवर्ष बढि मानिसले दर्शन गरेका पशुपति क्षेत्र विकास कोषको भनाई छ । 

तीर्थालुको सुरक्षाका लागि करिब ६ हजार सुरक्षाकर्मी परिचालन गरिएका थिए जसमा पाँच सय ४२ ट्राफिकसहित नेपाल प्रहरीका चार हजार पाँच सय ५२ र सशस्त्र प्रहरी एक हजार दुई सय ८३ थिए। ५ हजारको संख्यामा सहयोगी परिचालित थिए ।  धर्मशाला वरिपरीको चौरमा विभिन्न सेवा समितीहरुले नि :शुल्क पानी चिया तथा खाना बाडिरहेका थिए । 

विभिन्न देशबाट आएका साधुहरुलाई विशेष प्राथमिकताका साथ मन्दिर परिषर भित्रै विभिन्न स्थानमा राखिएको छ । केही साधुहरु मन्दिरको मुलगेट बिहिर बसेका छने भने केहीे बाग्मती पारी रमाएका छन् । 

तस्बीरमा हेनुहोस् महाशिवरात्रीमा पशुपती :

शिवरात्रीको अवसरमा पशुपतीमा देखीएको दर्शनार्थीको घुँईचो   ।

 

शिवरात्रीको अवसरमा पशुपतीनाथको दर्शनका लागि भारतका विभिन्न ठाउँबाट साधुहरु आफ्नै धुनमा 

 

शिवरात्रीको अवसरमा पशुपतीनाथको दर्शनका लागि  लाइनमा बसेका सर्वसाधरण 

 

शिवरात्रीको अवसरमा भारतको केरेलाबाट पशुपतीनाथ आएका कलाकार शास्त्रीय संगितमा नृत्य प्रस्तुत गर्दै 

 

शिवरात्रीको अवसरमा पशुपतीमा साधुको भेषमा भेटीएकी विदेशी महिला