एट्लेटिकोसंग बराबरीमा रोकियो बार्सिलोना

एट्लेटिकोसंग बराबरीमा रोकियो बार्सिलोना

१७ असार, काठमाडौं । 
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना एट्लेटिको मड्रिडसंग २–२ गोलको बराबरीमा रोकिएको छ ।

बुधबार बिहान भएको एट्लेटिको मड्रिडसँगको खेलमा अंक बाडेसँगै बार्सिलोनाले शीर्ष स्थानमा उक्लिने अवसरबाट चुकेको छ ।

लगातार दोस्रो खेलमा अंक बाडेको बार्सिलोना शीर्ष स्थानको रियल मड्रिडभन्दा १ अंकले पछि परेको छ । शीर्ष स्थानको रियलको ७१ अंक छ भने बार्सिलोनाको ७० अंक भएको छ ।  एट्लेटिको ५९ अंक सहित तेस्रो स्थानमा छ ।

डिएगो कोस्टाको आत्मघाति गोलसंगै बार्सिलोनाले १२ औं मिनेटमा खेलमा अग्रता बनाएको थियो । साउल निगाजले १९ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै एट्लेटिकोलाई बराबरीमा पुर्याएका थिए ।

लियोनल मेस्सीले ५० औं मिनेटमा पेनाल्टीमा बार्सिलोनालाई २–१ को अग्रता दिलाएका थिए । तर ६२ औं मिनेटमा निगाजले पेनाल्टीमा ब्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

एट्लेटिकोसंगको खेलमा गोल गरेसँगै मेस्सीले फुटबल करियरमा ७ सय गोलको कोशेढुङ्गा पार गरेका छन्।