कोपा डेल रे को सेमिफाइनलमा रियल मड्रिड

कोपा डेल रे को सेमिफाइनलमा रियल मड्रिड
तस्विर सौजन्य : Sportskeeda

माघ १८, काठमाडौं ।  जिरोनालाई ३–१ गोल अन्तरले पराजित गर्दै रियल म्याड्रिड स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । 

बिहीबार राति भएको दोस्रो लेगमा घरेलु टोली जिरोनालाई हराउने क्रममा करिम बेन्जिमाले दुई गोल गर्दा मार्कुस लोरेन्टेले एक गोल गरे । यता, जिरोनाका पेड्रो पोर्रोले गोल फर्काएका थिए ।

खेलको  २७ औं मिनेटमा  रियललाई अग्रता दिलाएकाबेन्जेमाले ४३ औं मिनेटमा अर्काे गोल गर्दै रियलको अग्रता दोब्बर बनाए । ७१ औं मिनेटमा जिरोनाका पेड्रोले एक गोल फर्काए । त्यसपछि मार्कुसले ७६ औं मिनेटमा गोल गर्दै रियललाई सहज दिज दिलाएका थिए ।

रियलको यो जितसँगै कोपा डेल रेको सेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलमा रियलले रियल बेटिससँग र बार्सिलोनाले भ्यालेन्सियासँग प्रतिस्पर्धा गर्नेछ ।