सन्दीपलाई कोरोना संक्रमण पुष्टि

सन्दीपलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, १३ मंसिर ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर तथा युवा स्टार सन्दीप लामिछानेलाई कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।   

शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत सन्दीपले आफूलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । 

गत बुधबारबाट कोरोनाको लक्षण देखिएको बताउँदै सन्दीपले कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि आफू सेल्फ आइसोलेनमा बसेको बताएका छन् ।

आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र आफू चाँडै मैदान फर्कने सन्दीपले विश्वास व्याक्त गरेका छन्। 

यसअघि नेपाली क्रिकेटका कप्तान ज्ञानेन्द्र मल्ल लगायत अन्य तीन खेलाडीमा कोरोना संक्रमण भएको थियो ।