डीपीएल क्रिकेट : दुई पटकको विजेता धनगढी स्टार्स खातै नखोली आउट

डीपीएल क्रिकेट : दुई पटकको विजेता धनगढी स्टार्स खातै नखोली आउट
तस्विर सौजन्य : Nepali Sansar

फागुन ६, काठमाडौं । दुई संस्करणको बिजेता धनगढी स्टार्स यसवर्षको धनगढी प्रिमियर लिग (डीपीए) क्रिकेटमा खातै नखोली खेलबाट बाहिरिएको  छ ।

फाप्ला अन्तरास्ट्रिय क्रिकेट स्टेडियम धनगढी मा जारी रुस्लान धनगढी प्रिमिएर लिग ३ को खेल अन्तर्गत सोमबार रुपन्देही च्यालेन्जर्स ले धनगढी स्टार्सलाइ ३९ रनले पराजित गरेको हो । आजको दास्रो हार सँगै धनगढीको यस सिजन समाप्त भएको छ । 

पहिले खेलमा हार ब्यहोरेको धनगढीको दास्रो खेल बर्षाले प्रभावित भएको थियो । आजको खेलमा टस जितेर ब्याटिङ पहिले गरेको रुपन्देही च्यालेन्जर्सले निर्धारित १५ ओभरमा १० विकेट गुमाउदै १०६ रन बनाएको थियो। रुपन्देही  लागि सर्वाधिक सुमित महर्जनले २४ बलमा ३३ रन बनाउदा बिनोद भण्डारीले २४ रन जोडे।

धनगढीको लागि सोमपाल कामी, बिपिन खत्री र पवन सराफले २/२/२ विकेट लिदा रोहन मुस्तफा र अमिर हयातले १/१ विकेट लिए।

१०७ रनको विजयी लक्ष्य लिएर मैदान उत्रेको धनगढीका ब्याट्सम्यानले खराब प्रदर्सन गर्दा हार बेहोर्नुपर्यो । १४ ओभरमा ६७ रन बनाउदा आफ्नो सबै विकेट धनगढीले गुमायो। टोलिका लागि सर्वाधिक पवन सराफले १९ बलमा १५ रन जोड्दा सोमापाल कामिले ११ रन जोडे।

धनगढीलाई सस्तैमा समेट्ने क्रममा  ललित भण्डारी ले ३ विकेट लिए। त्यस्तै बिक्रम सोबले २ विकेट लिदा वसन्त रेग्मी, पुनित मेहेरा र भिम सार्किले समान १/१/१ विकेट दिलाए।