विश्वकपपछि सन्यास लिदै क्रिस गेल

विश्वकपपछि सन्यास लिदै क्रिस गेल
तस्विर सौजन्य : Hindustan Times

फागुन ६, काठमाडौं ।  आगामी मे ३० तारिखदेखि १४ जुलाई सम्म इङ्यान्डमा आयोजना हुने विश्वकप पछि वेस्ट इन्डिजका बिस्फोटक ब्याट्सम्यान क्रिस गेलले एकदिवसीय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।

बुधबारदेखि इङ्यान्ड विरुद्धको ५ एकदिवसिय सिरिजका लागि टोलीमा परेका गेलले करियरको अन्तिममा देशलाई विश्वकप जिताएर विदा हुन पाए आफ्ना लागि त्यो भन्दा खुशी केही नहुने पनि बताएका छन् । 

एकदिवयीय क्रिकेटमा १० हजार रनको नजिक पुगेका गेल यस लक्ष्यमा दुई सय ७३ रनले पछि छन् । एकदिवयीयमा दुई सय ८४ खेल खेलेका गेलले २३ शतक र ४९ अर्धशतक बनाएका छन् । 

३९ वर्षिया बायँ हाते ब्याट्सम्यान गेलले टोलीमा नयाँ खेलाडीलाई मौका दिन आफुले यस निर्णाय गर्न लागेको पनि खुलाएका छन् । 

अलराउडरको रुपमा समेत परिचित गेलले एक दिवसीय क्रिकेटमा १६५ विकेट समेत लिएका छन् ।