सीवाईसी अत्तरिया पहिलोपटक धनगढी प्रिमियर लिगको फाइनलमा

सीवाईसी अत्तरिया पहिलोपटक धनगढी प्रिमियर लिगको फाइनलमा
तस्विर सौजन्य : Nepali Sansar

 फागुन ८, काठमाडौं । सीवाईसी अत्तरिया धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनल प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो क्वालिफायर खेलमा काठमाडौं गोल्डेन्सलाई ४१ रनले पराजित गर्दै अत्तरिया डीपीएल क्रिकेटको पहिलो पटक फाइनलमा प्रवेश गरेको हो ।

अत्तरियाले दिएको १११ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरको खेलमा १८.३ ओभरमा अलआउट हुँदै ६९ रनमा समेटियो।

काठमाडौंका लागि गौरभ तोमारले २६ रन बनाउँदा योगेन्द्र सिंह कार्की र कप्तान ज्ञानेन्द्र मल्लले समान ११ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याट्मेनले दोहोरो रनको स्कोर छुन सकेनन्।

काठमाडौंलाई सस्तैमा रोक्न अत्तरियाका लागि सन्नी पटेलले ३ विकेट लिँदा भुवन कार्की र कमलसिंह ऐरीले २/२ विकेट लिए। 

विजेता टिम अत्तरिया फाइनलमा पुग्दा काठमाडौंलाई दोस्रो क्वालिफायरको खेल खेल्दै फाइनल पुग्ने अवसर छ । महेन्द्रनगर युनाइटेड र रुपन्देही च्यालेन्जर्सबीच इलिमिनेटरमा प्रतिस्पर्धा हुदैछ । दुई टिमबीचको विजेतासँग काठमाडौं गोल्डेन्सले फाइनल प्रवेशका लागि खेल्नेछ ।