रुपन्देहीलाई एक रनले हराउदै महेन्द्रनगर डिपिएलको क्वालिफायरमा प्रवेश

रुपन्देहीलाई एक रनले हराउदै  महेन्द्रनगर डिपिएलको क्वालिफायरमा प्रवेश

फागुन ९, काठमाडौं । 
धनगढी प्रिमिएर लिग (डिपिएल) अन्तर्गत बिहिबार भएको एलिमिनेटर खेलमा रुपन्देही च्यालेन्जर्सलाई १ रनले पराजित गर्दै महेन्द्रनगर युनाइटेड  डिपिएलको क्वालिफायरमा प्रवेश गरेको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको महेन्द्रनगरले २० ओभरमा ९ विकेट विकेटको नोक्सानीमा ११५ रन बनाएको थियो । महेन्द्रनगरका लागि ओपनर आनन्द सुब्रमन्युमले १३ बलमा २० रन र मोहम्मद नावेदले १५ बलमा १८ रन प्रहार गरे । कप्तान शरद भेषवाकरले अविजित २९ रन र अमर सिंह राउटेलाले १९ रन प्रहार गर्दा रुपन्देहीका ललित सिंह भण्डारीले सर्वाधिक चार विकेट लिए भने पुनीत मेहेराले तीन र बसन्त रेग्मीले पनि आफ्नो नाममा दुई विकेट  दर्ता गराए ।


११६ रनको बिजयी लक्ष्य पक्ष्याएको टिम रुपन्देही च्यालेन्जर्सले ९ विकेट गुमाएर २० ओभरमा ११४ रन मात्र बनायो र झिनो अन्तरले पराजित भयो । रुपन्देही च्यालेन्जर्स को लागि बाबर र प्रदिप ले समान २८/२८ रन जोडे । यस्तै, बिनोद भण्डारीले २३, सन्दिप सुनारले १४ रन र सुमित ले १० रन जोडे । महेन्द्रनगरका लागी अभिनास बोहराले २ विकेट लिदा सिद्दान्त, नाबिद र सागरले क्रमश १/१ विकेट हात पारे ।

जित सँगै महेन्द्रनगर भोली दास्रो क्वालिफायरमा काठमाडौं गोल्डेनस बिरुद्द खेल्ने छ । दोस्रो क्वालिफायर बिजेताले सिवाईसी अत्तरिया सँग फाईनल खेल्नेछ । फाइनल खेल शनिबार हुनेछ ।