किशोर रानाको संयोजकत्वमा सैनामैना खेलकुद बिकास समिति गठन

किशोर रानाको संयोजकत्वमा सैनामैना खेलकुद बिकास समिति गठन
तस्विर सौजन्य : Tika kharel

सैनामैना, ६ चैत । 
सैनामैना नगरपालिकाको खेलकुद बिकास समिति किशोर रानाको संयोजकत्वमा गठन भएको छ । 

सैनामैनाको नगर खेलकुल कार्य बिधि २०७७ को दफा ३ को उपदफा १ बमोजिम गठन भएको समिति सदस्यमा सुरज बराल, नेत्रलाल पुरी, तिलब के.सी., प्रेम श्रीस, श्री दर्लामी, रेजिन श्रेष्ठ, मदन थापा रहेका छन् । 

नवगठित समितिलाई सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले मनोनयन पत्र प्रदान गर्दै खेलकुद समितिलाई बधाई तथा शुभकामना दिएका छन् । समिति मार्फत समग्र नगरको खेल जगतको बिकास र संरक्षणमा टेवा पुग्ने बिश्वास लिएको नगर प्रमुख कार्कीले बताए।