लेभान्टेमाथि रियलको कठिन जित

लेभान्टेमाथि रियलको  कठिन जित
तस्विर सौजन्य : Sportskeeda

फागुन १३, काठमाडौं ।  ला लिगा फुटबलमा रियल मड्रिडले लेभान्टेमाथि २-१ को कठिन जित हात पारेको छ ।

आइतबार राति लेभान्टेको घरेलु मैदानमा भएको खेलमा २-१ गोलअन्तरले पराजित गरेको हो । रियलको जितमा पेनाल्टीमार्फत करिम बेन्जिमा र ग्यारेथ बेलले गोल गरे । लेभान्टेका लागि भने रोजर मार्टीले गोल गरेका थिए ।

४३औं मिनेटमा लुका मोड्रीचको क्रसलाई एनिस बार्धीले बचाउने क्रममा ह्यान्ड गरेपछि  रेफ्रीले भीएआरको सहयतामा रियललाई पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीलाई करीम बेन्जेमाले सदुपयोग गर्दै गोल गरे  ।

रियल मड्रिडले पहिलो हाफसम्म १-० गोलको अग्रता बनाएको थियो । त्यसपछि खेलको  ६०औं मिनेटमा मार्टीले गोल गर्दै लेभान्टेलाई १-१ गोलको बराबरीमा ल्याएका थिए । ७८औं मिनेटमा रियलले अर्को पेनाल्टी पायो । चेक डुकुरेले क्यासेमिरोलाई डिबक्सभित्र लडाएपछि रेफ्रीले रियललाई अर्को पेनाल्टी दिएका थिए । ग्यारेथ बेलले सोही अवसरलाई सदुपयोग गर्दै रियललाई २-० गोलको जित दिलाए ।

लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाको २५ खेलबाट ५७ अंक छ । त्यस्तै, लिगको दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको २५ खेलबाट ५० अंक हुँदा समान खेल खेलेको रियल मड्रिडडको ४८ अंक छ ।