तिलोत्तमा गोल्डकप जित्दै दाउफिन्सको उपाधिमा ह्याट्रिक

तिलोत्तमा गोल्डकप जित्दै दाउफिन्सको उपाधिमा ह्याट्रिक
तस्विर सौजन्य : sabal post

फागुन १३, काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबलै सडन डेथमा ६-५ ले पराजित गर्दै दाउफिन्सले तिलोत्तमा गोल्डकपको उपाधि जितेको छ ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा दुवै टोलीले ५-५ पेनाल्टी छिराएपछि खेलको नतिजा सडन डेथमा पुगेको थियो । सडन डेथमा पुलिसका तेज तामाङले गोल गर्न नसक्दा अरमानले गोल गर्दै दाउफिन्सको उपाधि पक्का गरे । यसअघि पोखरामा मनकामना कप र धरानमा बुढासुब्बा कप जितेको दाउफिन्सले लगातार तेस्रो उपाधि जितेको हो ।

 प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीको उपाधि रुपन्देही ११ का आशिष गुरुङ्गले पाएका छन । आशिषले उपाधिसंगै एक थान स्कुटी प्राप्त गरे । त्यस्तै नेपाल पुलिसका रवि पाखवान सबोत्कृष्ट स्ट्राईकर, क्यामरुनका प्रिसो सबोत्कृष्ट गोल रक्षक, नेपाल पुलिसका हेम तामाङ्ग सबोत्कृष्ट मिड फिल्डर त्यस्तै नेपाल पुलिसकै बिक्रम धिमाल र अनन्त थापा क्रमस सबोत्कृष्ट डिफेन्डर र सबोत्कृष्ट कोचको उपाधि जितेका छन ।