पीएसएलमा सन्दीपको धारिलो बलिङ, १० रन दिदै लिए ४ विकेट

पीएसएलमा सन्दीपको धारिलो बलिङ, १० रन दिदै लिए ४ विकेट

 फागुन १५, काठमाडौं ।  लाहोर कालन्दर्सबाट पाकिस्तान सुपर लिग खेलिरहेका नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै महत्वपूर्ण चार विकेट लिएका छन् ।

मंगदबार ग्लाडिएटर्स बिरुदको खेलमा  सन्दीपले चार ओभरमा मात्र १० रन खर्चेर महत्वपूर्ण चार विकेट लिएका हुन्      

सन्दिपले आफ्नो पहिलो ओभरमै शेन वाट्सनलाई सात रनमा एलबीबडब्लू धरापमा पार्दै कालन्दर्सलाई सुरुवाती विकेट दिलाएका थिए । आफ्नो व्यक्तिगत दोस्रो ओभरमा दुई विकेट लिएका उनले २ रन खर्चिए। आफ्नो दोस्रो विकेट लिने क्रममा लामिछानेले  रिले रोस्वोलाई पाँचौ ओभरको पहिलो बलमा आउट बनाए। त्यस्तै यही ओभरको अन्तिम बलमा लामिछानेले उमर अकमललाई  बोल्ड गरेका थिए।

यस्तै आफ्नो व्यक्तिगत तेस्रो ओभरमा लामिछानेले ३ रन खर्चिएर १ विकेट लिए। लामिछानेले ओभरको तेस्रो बलमा डानिस आजिजलाई आउट बनाए।

सन्दीपको टोली लाहोरले प्रतियोगितामा खेलेका ५ मध्य २ खेलमा जित र ३ मा हार बेहोरेको छ । ४ अंक बोकेको लाहोर अंक तालिकामा पाँचौ स्थानमा छ। सन्दीपले प्रतियोगिताको २ खेलमा मात्र खेलेका छन्। यसक्रममा उनले अहिलेसम्म ८ विकेट हात पारिसकेका छन्।

पहिलो खेलमा केही महँगो सावित भए पनि ३ विकेट लिएका सन्दीपले दोस्रो खेलमा कसिलो बलिङ गर्दै १ विकेट लिएका थिए।

अंक तालिकामा ५ खेलमा ४ जित र १ हारसहित क्वेटा ८ अंक बोकेर शीर्ष स्थानमा कायम छ । यस खेलमा पराजित भएको खण्डमा लाहोरको अर्को चरण पुग्ने सम्भावना कठिन बन्नेछ ।