सन्दिपले जिते ‘वर्ष क्रिकेट खेलाडी’ अवार्ड

सन्दिपले जिते ‘वर्ष क्रिकेट खेलाडी’ अवार्ड
तस्विर सौजन्य : facebook (sandeep lamichhane)

फागुन २१, काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले ‘वर्ष क्रिकेट खेलाडी’ को अवार्ड हात पारेका छन् । 

क्रिकेट खेलाडी संघ (सिप्यान) द्वारा आयोजित ‘एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड’ मा लामिछानेले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का लगायतलाई पछि पार्दै वर्ष क्रिकेट खेलाडीको अवार्ड हात पारेका हुन् । 

अवार्डसहित लामिछानेले १ लाख ३२ हजार रुपैँया हात पारेका छन् । अवार्डका लागि पारस खड्का, करण केसी, सोमपाल कामीसहित पाँच खेलाडी मनोनित भएका थिए । 

महिला तर्फ भने सीता राना मगर वर्षकै उत्कृष्ट महिला क्रिकेटर घोषणा भइन्। सीताले कप्तान रुबिना क्षेत्री, करुणा भण्डारी, सरिता मगर र इन्दु वर्मालाई पछि पार्दै अवार्ड हात पारिन।

 

अन्य अवार्ड 

एनसीसीएस सिप्यान अवार्डमा नेपाली क्रिकेटमा लामो समय बिताएका पूर्व खेलाडी कोमल पाण्डेलाई लाइफ टाइम अचिभमेन्ट अवार्डमार्फत सम्मानित भए।

राष्ट्रिय टिमका युवा खेलाडी रोहितकुमार पौडेलले उदीयमान खेलाडीको अवार्ड जिते । अविनाश बोहरा, सन्दीप जोरा, कविता कुँवर र ललितनारायण राजवंशीलाई पछि पारे । 

यस्तै मोमेन्ट अफ दि इयरको अवार्ड करण केसीले आईसीसी विश्व क्रिकेट लिग डिभिजन टुमा क्यानडाविरुद्ध खेलेको इनिङले जितेको छ ।