काठमाडौंका गोल्डेन्सका क्यापटेन ज्ञानेन्द्रलाई चार घरेलु खेल प्रतिबन्ध

काठमाडौंका  गोल्डेन्सका क्यापटेन ज्ञानेन्द्रलाई चार घरेलु खेल प्रतिबन्ध
तस्विर सौजन्य : WicketNepal

फागुन २३, काठमाडौं । 
 धनगढी प्रिमियर लिग (डीपीएल)  क्रिकेट प्रतियोगिताको टेक्निकल कमिटीले काठमाडौं गोल्डेन्सका क्यापटेन ज्ञानेन्द्र मल्ललाई चार घरेलु खेलको प्रतिबन्ध लगाएको छ ।

डीपीएलको दोस्रो क्वालिफायरमा काठमाडौं गोल्डेन्सले आफ्नो खेलाडी अंकित दबासलाई बलिङमा प्रतिबन्ध लगाएको भन्दै महेन्द्रनगर युनाइटेडबीचको खेल बहिस्कार गरेको थियो ।

उत्त खेल बहिस्कार गरेका आरोपमा डीपीएल टेक्निकल कमिटीले कप्तान मल्लाई घरेलु प्रतियोगिता खेल्नका लागि चार खेलको प्रतिबन्ध लगाएको हो । तर, उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा भने खेल्न पाउने छन् ।