नौ महिना पछि अर्जेन्टिनी टोलीमा फर्किए मेस्सी 

नौ महिना पछि अर्जेन्टिनी टोलीमा फर्किए मेस्सी 
तस्विर सौजन्य : tribune

फागुन २४, काठमाडौं । 
रुस विश्वकप पछि स्पेनको बार्सिलोनामै रमाई रहेका कप्तान लियोनल मेस्सी नौ महिना पछि अर्जेन्टिनाको राष्ट्रिय टोलीमा फर्किएका छन् ।

रुस विश्वपमा प्रिक्वार्टरफाइनल सम्मको यात्रा तय गरेको अर्जेन्टिना  प्रिक्वार्टरफाइनलमा फ्रान्ससँग हार खेपेपछि विश्वकपबाट बाहिरीएको थियो । त्यसपछि निरास बनेर लामो समय विश्राम लिएका मेस्सीलाई नयाँ प्रशिक्षक लियोनल स्कालोनीले भेनेजुएला र मोरोक्कोविरुद्धको मैत्रीपूर्ण खेलका लागि टोलीमा बोलाउन सफल भएका हुन् । 

अर्जेन्टिनाले आगामी २२ मार्चमा स्पेनमा भेनेजुएला र २६ तारिख मोरोक्कोसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । उक्त मैत्रीपूर्ण खेलबाट मेस्सीले राष्ट्रिय टोलीमा पुन कमब्याक गर्ने भएका छन् ।  प्रशिक्षक स्कालोनीले मेस्सीलाई बोलाउँदा अन्य स्टार खेलाडीहरु सर्जियो अग्युरो, गोन्जलो हिगुइन, मौरो इकार्डीलाई समाबेश गरेका छैनन् ।