साफ च्याम्पियनसीपको उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै

साफ च्याम्पियनसीपको उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै
तस्विर सौजन्य : Womens Soccer United

फागुन २८, काठमाडौं ।
विराटनगरमा मंगलबारबाट सुरु हुने पाँचौं संस्करणको साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै छन् । 

सुरुका तीन संस्करणमा फाइनल खेलेको नेपाल यसपालि उपाधिको दाबेदार मानिएको छ । गत महिना भुवनेश्वरमा भएको हिरो वुमेन्स गोल्डकपमा चार टिममध्ये सबभन्दा तल्लो वरीयताको भएरपनि नेपाल फाइनल पुगेको थियो ।

निरु थापाको कप्तानीमा रहेको नेपाली महिला टोलीले मोफसलको घरेलु मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै छ। फिफा वरीयतामा एक सय आठौं वरीयतामा रहेको नेपालले भारतबाहेक अरु दक्षिण एसियाली टिमविरुद्ध कहिल्यै हार बेहोरेको छैन ।

 लागि भुटान कठिन प्रतिद्वन्द्वी होइन । बिना वरीयताको भुटानी टिमले साफको नौ बर्षे इतिहासमा हालसम्म कुनैपनि खेल जितेको छैन । नेपालले भने भारतबाहेक अरु दक्षिण एसियाली टिमविरुद्ध कहिल्यै हार बेहोरेको छैन । त्यसैले पाचौं साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा तीन अंक जोड्न नेपाललाई गाह्रो हुने छैन ।

प्रतियोगितामा भाग लिन सहभागी टिमहरु नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका र मालदिभ्सका खेलाडी टिम विराटनगरमा पुगिसकेका छन् । विराटनगरमा पहिलो पटक अन्तर्राष्ट्रिय खेलाडीको आगमनसँगै सुरक्षा व्यवस्था कडा पारिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिएका छन् ।