साफ महिला फुटबल : नेपालले फाइनलमा भारतको सामना गर्ने

साफ महिला फुटबल : नेपालले फाइनलमा भारतको सामना गर्ने

चैत ६, काठमाडौं ।  
साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपालले भारतसँग खेल्ने भएको छ ।

 

श्रीलंकालाई ४–० ले हराउदै फाइनल यात्रा तय गरेको नेपाल उपाधिका लागी भारतको सामना गर्ने भएको हो । बुधबार भएको दोस्रो सेमिफाइनलमा बंगलादेशलाई ४–० ले हराउँदै भारतले फाइनलमा स्थान बनाएको हो । 

साफ महिला फुटबलमा भारत पाँचौं पटक फाइनल पुगेको हो । नेपालले भने चौथो पटक फाइनल खेल्न लागेको हो । फाइनल खेल शुक्रबार विराटनगरस्थित शहीद रंगशालामा हुनेछ ।

पहिलो हाफमै ३ गोलको अग्रता बनाएको भारतले दोस्रो हाफमा थप १ गोल थप्दै सानदार फाइनल यात्रा तय गरेको हो ।