साफ च्याम्पियनसिपको उपाधि भारतलाई : नेपाल ३-१ ले पराजित

साफ च्याम्पियनसिपको उपाधि भारतलाई : नेपाल ३-१ ले पराजित
तस्विर सौजन्य : द हिमालयन टाइम्स

चैत ८, विराटनगर  ।

साफ महिला फुटबल च्याम्पियनसिपको उपाधि भारतले जितेको छ। 

विराटनगरस्थित शहिद रंगशालामा शुक्रबार भएको फाइनलमा नेपाललाई ३-१ गोल अन्तरले हराउँदै भारतले पाँचौ पटक उपाधि जितेको हो । भारतसँग फाइनलमा नेपालको यो चौथो हार हो ।

घरेलु दर्शकको राम्रो साथ पाएको नेपालले सुरुमा आक्रामक खेल प्रस्तुत गरेको नेपालले पहिलो हाफ १-१ को बराबरीमा रोकेको थियो ।  खेलको २३ औं मिनेटमा भारतकी डालिमा छिब्बरले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै सुरुवाती अग्रता दिलाएपनि त्यसको १० मिनेटपछि नै साबित्रा भण्डारीले गोल गर्दै घरेलु टोलीलाई फेरि खेलमा फर्काइन् ।

तर, खेलको दोस्रो हाफमा नेपाली टाेलीको प्रदर्शन राम्रो हुन  नसक्दा भारतकी ग्रेस डाङमीले ६३ औं र अञ्जु तामाङले ७८ मिनेटमा गोल गरेपछि भारत विजयी बन्न सफल भएको हो।