पंजाब विरूद्धको खेलमा सन्दीपको किफायती बलिङ्

पंजाब विरूद्धको खेलमा सन्दीपको किफायती बलिङ्
तस्विर सौजन्य : Times of India

चैत १९, काठमाडौं ।  

जारी इण्डियन प्रिमिर टी-२० लिगमा दोश्रो खेल खेलिरहेका नेपालका स्पिनर संदिपले सोमबार भएको किङ्स इलेभेन पंजाब विरूद्धको खेलमा टोलीको सबैभन्दा किफायती बलिङ् गरेका छन्  ।

सोमबार राती भएको  खेलमा ४ ओभर बलिङ् गरेका संदिपले २७ रन खर्चिदै  २ विकेट लिए, जसअनुसार उनको इकोनोमी दर ६.७५ हुन्छ । 

टस जितेर पंजाबलाई ब्याटिङकाे निम्तो दिएको दिल्लीका लागि बलिङ् गर्न संदिप चौथो ओभरमा आफ्नो पहिलो ओभर लिएर आएका थिए। पहिलो ओभरमा उनले १० रन दिदैं एक विकेट लिए। उनले पाँचौ बलमा एस एम कुरैनलाई एल बि डब्लुको सिकार बनाएका थिए ।

त्यसपछि सातौ ओभरमा आफ्नो दोश्रो ओभर बलिङ गर्न आएका उनले ४ रन दिए । यस्तै खेलको १२ औं ओभरमा आफ्नो तेश्रो ओभरको बलिङ गर्न आएका संदिपले पंजाबलाई १० रन दिए । खेलको चौधौं ओभरमा आफ्नो अन्तिम ओभर बलिङ् गरेका संदिपले ३ रन दिदैं  १ विकेट लिए । यस ओभरको पाँचौं बलमा उनले विकेटकिपर ऋषभ पन्तको हातबाट क्याच आउट गराए । 

हिजोको खेलमा संदिप टोलीका लागि सबैभन्दा किफायती बलर बन्दा आभेष खान सर्वाधिक महँगा सावित भए ।